एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री

काठमाडाैँ – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँले वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्नुभएको हो।

मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार समेत गर्नुभएको छ ।  उहाँले दुई जनालाई मन्त्री बनाउनुभएको हो । कृष्ण शर्मा खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्