काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

FILE PHOTO

काठमाण्डौ – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत  पुर्याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेका हुन । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पु¥याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्