प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्तामा सहमति, यस्ता छन् प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएपछि डा. केसीले अनसन स्थगन गर्ने भएका छन् ।

डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए । मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीले छलफल गर्न केसीलाई बालुवाटार बोलाएका थिए ।

यस्ता छन् प्रतिवद्धता

१.सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।

२.बिपी कोइराला स्वा. वि. प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।

३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने ।

४ प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने । चिकित्सा शिक्षामा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले के हामीसँग गरेका सबै सम्झौत कार्यान्वयन गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्