विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ – लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदलात तनहुँको २०७६ जेठ २६ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, वन सम्बन्धी/काठ चोरी मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ खस्राङ बस्ने ५८ वर्षीय नन्द बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०५४ पुस २४ गते र २०७० भदौ १९ गतेको फैसलाले वन सम्बन्धी/काठ चोरी मुद्दामा १ वर्ष १ महिना कैद र ४७ हजार ६ सय ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँ दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्