घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल (सूचना सहित)

काठमाडौँ – काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ ।

उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको थियो ।

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ । ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ । केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ ।

सडक मर्मत गरेपछि फोहोर लिन घरदैलोमा आउनेसमेत महानगरले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्