आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने प्रचण्डको घोषणा

File Photo

तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ ।

केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ । ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिर्पोटिङ गर्ने क्रममा प्रचण्डले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तक गरेका थिए । उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारमा व्याख्या गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्