स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएपछि. . .

सांकेतिक तस्बिर

काठमडौँ – स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्