रक्षामन्त्री पाेखरेल सहितको टोली नेपाल भारत विवादित भूमी कालापानी क्षेत्र प्रस्थान

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल–भारत सीमा विवादित भूमी कालापानी क्षेत्रको अवलोकन गर्ने भएका छन् ।

दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्न आइतबार दार्चुला पुग्नुभएका रक्षामन्त्री पोखरेलले सोमबार कालापानी क्षेत्रको अवलोकन गर्ने तयारी गरेका हुन् । नेपाली सेनाको हेलिकप्टर मार्फत रक्षा मन्त्री पोखरेल सहित दार्चुला बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी, प्रदेससभा सदस्य मानबहादुर धामी र गेल्बु बोहरा लगायत सुरक्षा अधिकारीहरुले कालापानी क्षेत्रको अवलोकन गर्न लागेका हुन् । दशकौ देखिको विवादित भूमी कालापानी अवलोकन लाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्