नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १४ औं महाधिवेशनबारे छलफल हुने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आजको बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । तर महाधिवेशन सारेर कहिले गर्नेमा एकमत देखिएको छैन । आज केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्