दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ – व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो ।

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ ।

यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ ।

छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ । गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्