मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा सरकारले तीव्रता दिन सकेन : प्रचण्ड

File Photo

काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् ।

आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका हुन् । भेटघाटको क्रममा प्रचण्डले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा ग¥यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरु तीव्रताका साथ अगाडि बढेका छैनन् । त्यसैकारण तपाईंहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्छ ।’

जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ ।

नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तन लगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै प्रचण्डले त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघ लगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्