सरकारको २ वर्षे अवधि अयोग्यता, असफलता र अधोगातिको पराकाष्ठ : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको २ वर्षे अवधिलाई अयोग्यता, असफलता र अधोगातिको आठकोणको संज्ञा दिएको छ ।

काँग्रेसले आईतबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै ५ वर्षका लागि म्याण्डेट प्राप्त सरकारको सफलता–असफलता र सम्भावनाको विश्लेषण गर्न बितेको ४० प्रतिशत समयावधि पर्याप्त भएको भन्दै यो अवधिमा सरकारका सामु जनअपेक्षा अनुरुप काम गर्न मूलतः ३ अनुकूल परिस्थिति रहेपनि सो अनुसार काम गर्न नसकेको दावी गरेको छ ।

जसमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत् मुलुकमा निर्मित तुलनात्मक सहज राजनैतिक वातावरण, नेकपासँग रहेको बहुमत एवम् संसदमा रहेको तेस्रो दलको सरकारमा सहभागितापछि एक समयसम्म निर्मित दुई तिहाई मत र तुलनात्मक रुपले जिम्मेवार र सालिन प्रतिपक्षको उपस्थिति रहेको काँग्रेसले जनाएको छ ।

यस्तो पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्ने भएपनि सहज समयको सदुपयोग गर्दै सरकारले परिणाममुखी ढंगले काम गर्न नसकेको काँग्रेसको ठहर छ । ‘विल्कुलै गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकाङ्क्षाका कारण अनुकूल परिस्थितिलाई स्वयम् आफैले क्रमशः प्रतिकूल बनायो’, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्