कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । परीक्षा आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुने तय गरिएको थियो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्