दशैँ अगाडी नै विभिन्न पदका लागि विज्ञापन खोल्ने सुदूरपश्चिम प्रदेश लोक सेवाको तयारी

कैलाली – सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि आवेदन खोल्ने तयारी गरेको छ । दशैं अगाडि नै निजामती सेवाका लागि विभिन्न पदपूर्ति गर्न आयोगले विज्ञापन खोल्ने तयारी गरेको हो ।

लोक सेवा आयोग गठन भएपछि पहिलोपल्ट विज्ञापन गर्न प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट विभिन्न मन्त्रालय तथा प्रदेश सरकार मातहतका कार्यालयमा खाली रहेका दरबन्दीको विवरण माग गरिने बताइएको छ ।

अहिले विभिन्न पदका लागि पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको र सक्दो चाँडो विज्ञापन खोल्ने तयारीमा प्रदेश लोक सेवा आयोग जुटेको प्रदेश लोक सेवा आयोगका सचिव दुर्गादत्त विष्टले जानकारी दिए । उनका अनुसार प्रदेश लोक सेवा आयोगले आवश्यक पर्ने निर्देशिका, कार्यविधि तथा आचारसंहिताको निर्माण गरिसकेको छ ।

प्रदेश लोक सेवा आयोगलाई प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक पर्ने सहायक चौथोदेखि ११औं तहसम्म खुला तथा आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने जिम्मेवारी दिइएको छ । लोक सेवा आयोगले विज्ञापन आव्हान गर्न नपाउँदा हालसम्म प्रदेश सरकार मातहतका मन्त्रालय तथा स्थानीय तहले आफूखुसी कर्मचारी करारमा भर्ना गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्