बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएन, हेलिकप्टर पनि फर्कियो

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छैन । औद्योगिक क्षेत्र भित्र रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा नआएको प्रहरीको भनाई छ । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको थियो । तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीले जनाएको छ । अहिले हेलिकप्टर फर्किसकेको छ ।

१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगलागिको कारण र क्षतिबारे विवरण आएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्