शुभकामना

यसाेदा रिमाल 
प्यारि छोरि
आज कै दिन असह्य  पीडा सहेर
जीवन र मुत्युको लडाइ
कोरोनाको डरैडर बीच
तिम्रो रुवाईमा
हाम्राे हासो मिसिएको दिन,
तिमीले यो संसार देखेको दिन
अनि हामीले तिमीलाई देखेको दिन
हामीले त
जुनको शितलता
प्रभाकरको प्रभा
संगितको मधुरता
अनि प्रकुतिको सौन्दर्यता
भेटेका छौ ।
 तिम्रो मुहारको रङमा
हातहरुको स्पर्शमा
आखाहरुको गहिराईमा
ओठहरुको मुस्कानमा
अनि तिम्रो जिवनको अस्थित्वमा
तिमीले दिएको अमुल्य सुख र खुशी प्रती
हामी सगै खुशि  छन आकाश धर्ती
 र त्यही दिन बाट
हामीले आफूलाई भुलेका छौ,
संसार भुलेका छौ  ।
तिम्रा निश्चल हसाईको ओखतीले
 निको भएका छन अभावका घाउहरु
बिलाएका छन् हाम्रा हर पिडाहरु
साकार हुदैछन देखेका सपनाहरु
र आफ्नै बाटो पाएको छ जिवनले ।
तिम्रो आगमन र तिम्रो हुर्काईलाई जिवनको पथम शिक्षालयको रुपमा लिदै संसारलाई चिनेर बुझ्ने सकारात्मक नजर अनि त्यो संसारमा कसैको नराम्रो  नहुने असल मानिस स्थापित गर्न  हाम्रो हर सम्भव हर पल  प्रयास रहनेछ ।
मात्र तिमीले हाम्रो मनोकाङ्क्षालाई मिश्रित ताते तातेकै लयमा आफ्नो चाल अघि बढाइ रहनु मायु ।
 हर दिन
तिम्रो सफल भविष्यको कल्पना गरिरहँदा अहिलेको हाम्राे समाजमा देखिएको  अस्थिरता दिन दिनै बढ्दै गएको महिला हिंसा बलात्कार , विचलन, असामाजिक व्यवहार अनि  भर्चुअल प्रेम अनि बिबाह पछि बुहारिले पाएका पीडा देख्दा  कताकता डर पनि लागिरहन्छ कि, तिम्रो समयसम्म खै कस्तो हुने हो सायद यो समाज परिवर्तन हुन्छ कि हुदैन  भनेर
तर पनि तिमीलाई यो समाज संग जुध्न सक्ने असल मानिस
 बनाउन सक्दो लागिरहरने छौ ।
तिम्रो प्रथम जन्मोत्सवको  शुभ-आशीर्वाद र लाखौं लाख  शुभकामना छोरि ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्