सत्तारूढ कार्यदलको बैठक बस्दै, साझा कार्यक्रमलाई अन्तिम रुप दिने

काठमाडौँ – सरकारको न्युनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारूढ कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्न लागेको हो । मंगलबार पनि बिहान र बेलुकी दुईपटक कार्यदल बैठक बालुवाटारमा बसेको थियो ।

मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील छ ।

गठबन्धनले सरकार सञ्चालनमा सघाउन कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कांग्रेस नेता मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाउँदै न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन लागेको छ । साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्