सल्यानमा युवतीको घाटी रेटेर हत्या, अभियुक्त अझै पत्ता लागेन

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका– १ तल्लो काभ्राकी एक किशोरीको घाँटी रेटेर हत्या भएको थियो । करिब १७ वर्षीया कविता बोहराको गत शुक्रबार घर नजिकै हत्या भएको थियो तर दिन भइसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जानकारी दिए । शव घरभन्दा करिब १०–१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

डिएसपी खतिवडाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । डिएसपी खतिवडाले भने, ‘अनुसन्धान जारी छ, ३–४ दिनमै रिजल्ट आउँछ ।’

गत शुक्रबार राति ९ बजेसम्म कविता आफ्नै घरमा थिइन् । घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको र त्यही समयमा घाँटी रेटेर हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्