बैशाख यता विपद‍्बाट १५३ जनाको मृत्यु, ६४ करोड क्षति

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

यसैगरी, प्राधिकरणले बाढीमा २९ जना, पहिरोमा ७ र हावाहुरीमा १ जना गरी ३७ जना अझै वेपत्ता रहेको जनाएको छ । यस्तै, विपद्बाट ३ सय ४४ जना घाइते भएका छन् । साथै, १ हजार ७ सय १२ जना घरपरिवार प्रभावित भएको प्राधिकरणले जारी गरेको विवरणमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्