२४ घण्टामा ३१२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१२५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३८११ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १९२५ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ जना रहेको छ । गत २४ घण्टामा काठमाडौंमा ५५६, भक्तपुरमा १३६ र ललितपुरमा ११५ जना संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्