कक्षा १२ को परीक्षा स्थगित भएको छैन, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

भक्तपुर – कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको हल्लाको पछि नलाग्न बोर्डले आग्रह गरेको छ ।
साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका तय गरेको छ र सोही अनुरुप परीक्षा सञ्चालन हुनेछन् ।

कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्