मन्त्रिपरिषद विस्तार छिटो गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले गठबन्धन दलको कामलाई व्यवस्थित बनाउने र सरकार विस्तारको काम छिटै गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् विस्तारमा सहयोग गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार बैठकले ३० गतेदेखि केन्द्रीय कमिटी बैठक सुरु गर्ने निर्णय पनि गरेको छ । सोहीअनुसार साउन ३० भित्र देशभरका पार्टी वडा कमिटीलाई अद्यावधिक गर्न निर्देशन दिने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठक सोमबार पनि बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्