सुदूरपश्चिम सहित देशका यी भागमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठाडौँ – हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ । साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्