मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा एकै दिन ५ लाख बढीले आवेदन दिए

काठमाडौँ – मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्