नेप्से परिसूचक हालसम्मकै उच्च, १३ अर्ब २९ करोडको सेयर कारोबार

काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च विन्दु हो ।

यस अघि मंगलबार पनि २९.२४ अंकले बढेर ३ हजार ७९ दशमलव ६७ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । बुधबार पुनः नयाँ रेकर्ड कायम भएको छ ।

नेप्से परिसूचक १५ दशमलव ३० अंकले बढ्दा सेन्सेटिभ इन्डेक्स भने स्थिर देखिएको छ । नेप्से परिसूचकले नयाँ रेकर्ड राखे पनि कारोबारमा खासै उत्साह देखिएन ।

दिनभर भएका १ लाख २८ हजार ७८० कारोबारबाट २१९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ पुगेको छ ।

कारोबार रकम मंगलबारको भन्दा करिब २ अर्ब रुपैयाँ कम हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्