आज हेपाटाइटिस विरुद्धको दिवस : ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित मनाइँदै

काठमाण्डौ – भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित आज मनाइँदैछ ।

हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ । अरु मौसम भन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।

पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारीरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्कोमा सजिलै सर्ने गर्छ । हेपाटाइटिस ए र ई पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । जसलाई जन्डिस लागेको भनेर बुझ्ने गरिएको छ । त्यस्तै हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्यांक छ ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ लाई मौन महामारी मानिन्छ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई बढी सताउने गरेको विज्ञको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्