चीनमा रहेका एक सय ८५ नेपालीलाई स्वदेश लिन वाइडबडि आज चीन जादै

काठमाडौँ – चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज चीन जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्