राष्ट्रनिर्माणमा समर्पित हुन युवाहरुलाई प्रधानमन्त्री ओलीको आह्वान

sf7df8f}F, @ kmfu'g M k|wfgdGqL s]kL zdf{ cf]nL, nlntk'/sf] ;ftbf]af6f]df /fli6«o ;]jf bnåf/f ;~rflnt !%cf}F l;lgo/ l8lehg ;d"xsf] z'qmaf/ cfof]lht bLIffGt ;df/f]xdf pTs[i7 5fq5fqfnfO{ bHof{gL lrGx k|bfg ug'{x'Fb} . t:jL/ M z/b zdf{, /f;;

काठमाडाैँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा उत्पादन राष्ट्रको आवश्यकता र प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औँ सिनियर डिभिजन समूहको दीक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको चौतर्फी व्यक्तित्व विकासमा सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न प्रधानमन्त्रीले युवाहरूलाई आह्वान समेत गर्नुभयो । हरेक युवाले समाज र राष्ट्रको विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउदै युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकास गर्न सरकारले अनुकूल वातावरण बनाउने प्रयास अघि बढाइरहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरलले उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्रालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । समारोहमा विभिन्न विद्यालयका प्राचार्यहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सेवा दलका छात्रछात्राले खुकुरी ड्रिल र तेक्वान्दो प्रस्तुत गरेका थिए । मुलुकमा नैतिकवान, क्षमतावान र देशभक्ति युवा तयार गर्ने उद्देश्यले स्थापना भएको सेवा दलबाट हालसम्म ५१ हजार ३३२ जना छात्रछात्राले यो तालिम पूरा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्