भीमदत्तका मेयर विष्टद्वारा मलास क्षेत्रको अनुगमन, कृषिजन्य वस्तुलाई बजारीकरण गर्ने प्रतिबद्धता

काठमाडाैँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मलास क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रमुख विष्टको नेतृत्वमा वडा नं ३ का वडाध्यक्ष राम जप्रेल, सञ्चाकर्मी, अन्य राजनीतिक दलका नेता, समाजसेवी लगायतको टोलीले डडेल्धुराको परशुराम नगरपालिकासँग जोडिएको सिमा क्षेत्रमा रहेको मलास क्षेत्रको अनुगमन गर्नुभएको हो ।

निक्कै ऐतिहासिक भूमिको रुपमा चिनिने मलास क्षेत्रमा पौराणिक कालदेखिका दरवार किल्लाका भग्नावषेश, शिलालेखहरु देख्न सकिन्छ । त्यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु तथा अन्य उत्पादित बस्तुहरुलाई बजार पहुँचमा जोड्नको लागि विशेष पहल गर्ने प्रमुख विष्टले आश्वासन समेत दिनुभएको छ । स्थानीयहरुसँग बस्तीबस्तीमा गएर भेटघाट गरी महेन्द्रनगर बजारसम्म सडक पहुँच पुर्‍याई कृषिजन्य बस्तुहरुलाई बजारीकरण गर्न सहज गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसैगरी त्यसक्षेत्रलाई छोटो दुरीमा सडक सञ्जालसँग जोड्नको लागि समेत उक्त मार्गको सम्भाव्यता अध्ययन गर्नुभएको छ । आवतजावत गर्ने सरल, सहजहोस भन्नको लागि सडकमार्गको अनुगमन गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्