लेकम गाउँपालिका–६ सिरोडामा रहेको हुनैनाथ मन्दिरमा ‘माँ सेरावाली’को मुर्ति ल्याइदै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका–६ सिरोडामा रहेको हुनैनाथ मन्दिरको लागि आगामी दशैँमा ‘माँ सेरावाली’को मुर्ति ल्याइने भएको छ ।

कामको शिलशिलामा भारतको विभिन्न ठाउँमा गएका सिरोडाका खत्री परिवारका युवाहरुले चन्दा संकलन गरि मुर्ति ल्याउने अनिलसिंह खत्रीले बताए । उनका अनुसार खत्री परिवाले विगतमा पनि सामाजिक कार्यमा एकजुट भई काम गरेका छन् । २ वर्ष अगाडी सिरोडा टोलमा विवाह लगायतका सामाजिक कार्यमा आवश्यक पर्ने कुर्सी , टेन्ट, डिजे, जेनेरेटर, भाँडाकुँडा र सिरोडाका खेलाडी हरुको लागि पोषाक (ड्रेस) ल्याइएको उनले बताए ।

त्यसै गरि भैरव नाथ मन्दिर सिरोडाका लागि काल भैरवको मुर्ति समेत यस अघि नै ल्याएको खत्रीले बताए । खत्री परिवारले इष्टकुल देवताको रुपमा पूजा गर्ने काल भैरबको शिवजीकै एक रुप भएको बुढापाकाहरु बताउँछन् । आगामी दशैंमा हुनैनाथ मन्दिर सिरोडाको लागि माँ शेरावालि को मुर्ति ल्याइने भएकाले सहयोगीहरु अर्थात भक्तजनहरुमा सहयोग गर्न समेत खत्रीले आग्रह गरेका छन् । मुर्ति ल्याउन लागि अहिलेसम्म एक लाख १० हजार भारतीय रुपैयाँ उठिसकेको समेत उनले जानकारी दिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्