जंगली च्याउँ खादा बाबु छोरा बिरामी, धामीझाक्रिको भर पर्दा ज्यान गयो

सांकेतिक तस्बिर

इलाम – इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको ज्यान गएको छ ।

फाकफोकथुम गाउँपालिका–१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुका अनुसार बिरामी परेपछि दुई÷तीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।

साउन आठ गते उनीहरुको अन्तिम संस्कार गरिएको वडाध्यक्ष लिम्बुले बताए । जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको वडाध्यक्ष लिम्बुको भनाइ छ । ‘धामीझाँक्री गर्नाले बाबु–छोरा बिते बेलैमा अस्पताल लगेको भए यस्तो घटना हुँदैनथ्यो होला ।’ वडा अध्यक्ष लिम्बुले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्