निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई काँग्रेस प्रवक्ता शर्माले गराए ध्यानकर्षण

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको छ । तर हत्यामा संलग्न रहेकाको पहिचान गरी कारबाहीको दायरामा ल्याइएको छैन । आज सामाजिक ट्वीट गर्दै शर्माले भनेका छन्, ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ । पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसले प्रतिपक्षमा हुँदा आवाज उठाएको थियो । ‘प्रतिपक्षमा छँदा हामीसँग प्रश्न थिए अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ शर्माले भनेका छन् ।

बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले ब्यहोर्दै आएकोमा त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै सामाजिक रूपान्तरणको साझा अठोट चाहिने शर्मा बताउँछन् । ‘निर्मलालाई न्यायसँगै कसैले पनि यस्तो नियति भोग्न नपरोस् विशेष तदारूकता बढाऔं,’ शर्माले भनेका छन्। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्