कोइराला निवासमा पौडेल समुहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ ।

महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने छ ।बैठक १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल केन्द्रित हुनेछ । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।

आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ । यस्तै केन्द्रीय क्रियाशील छानबिन समितिका तीन जना सदस्यलाई पनि बैठकमा बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्