२४ घण्टामा २ हजार ३०९ कोरोना संक्रमित, १६ जनाको मृत्यु, २१९७ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा शनिबार थप २ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १७ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २८५ परीक्षणबाट ८०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९१० परीक्षणमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४ १हजार ५६५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्