गण्डकी प्रदेशमा ६ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए

पोखरा – गण्डकी प्रदेशका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस र माओवादीका तीन÷तीन जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

माओवादीबाट अर्थमन्त्रीमा रामजी बराल, भूमि व्यवस्था, कृषि, सहकारी, तथा गरिबी निवारण मन्त्रीमा चन्द्रबहादुर बुढा, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा दीपक थापाले शपथ लिएका छन् ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीमा कांग्रेसका विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रीमा मेखलाल श्रेष्ठ, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्मा कँडेलले शपथ लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्