अमरेशकुमार सिंहलाई कारबाही गर्न सर्लाहीका १२ नेताले पठाए देउवालाई पत्र (पत्रसहित)

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंहलाई कारबाहीको माग गर्दै उनकै गृह जिल्ला सर्लाहीका १२ जना नेताले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।

सिंहले सर्लाहीमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बुधबार साँझ बालुवाटार पुगेर देउवालाई सांसद पदबाट राजीनामा बुझाएका थिए । संसदीय दलका नेता देउवालाई उनले राजीनामा पत्र दिएका हुन् । सांसदले राजीनामा सभामुखलाई बुझाउने व्यवस्था छ । सिंहले माग पूरा नभए सभामुखलाई राजीनामा दिने चेतावनी दिइरहेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सिंहले पार्टीविरूद्ध काम गरेको आरोप लगाउँदै प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंह, उपेन्द्रप्रसाद कुशवाहालगायत सर्लाहीका १२ नेताले देउवालाई बिहीबार पत्र पठाएका छन् । सिंहले नै रामगोविन्द रायलाई पार्टी कार्यालयमा आमरण अनसनमा राखेको आरोप छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा राय आमरण अनसनमा छन् ।

‘पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा संलग्न अमरेशकुमार सिंहलाई कारबाही नभए हामी नै राजीनामा दिन बाध्य हुने जानकारी गराउँछौं,’ सर्लाहीका १२ नेताले देउवालाई पठाएको पत्रमा उल्लेख छ । सिंहको जालझेलबाट सर्लाहीका जनता आतंकित भएको पनि उनीहरूको दाबी छ । सिंहले इमान्दार कार्यकर्तालाई क्रिायशील नदिएर समायोजनका नाममा ठेकेदारहरूलाई क्रियाशील दिइएकोमा आफ्नो विरोध रहेको बताउँदै आएका छन् ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्