आज शैल्यशिखर धाममा पुजन जात्रा, भक्तजनहरुको घुइचो

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव मालिकार्जुनको पूजाआजा गर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला साथै भारतको उत्तराखण्डबाट समेत भक्तजनहरुको आउने गर्दछन् । शैल्यशिखर धाममा पुजा गर्नको लागि विवाहित महिला र ब्रतबन्ध गरेका पुरुषहरु मात्रै जाने गर्दछन् । जात्रा भन्दा १५ दिन अगाडी देखि नै चोखोभोक बसेर मालिकार्जुनको पुजा गर्नुपर्ने जनविश्वास रहि आएको छ । शिखर धाममा पुजा आजाका लागि जादाखेरी मनमा सोचेको पुरा हुने जनविश्वास छ, तर मनमा एक चिज मात्रै सोच्नु पर्ने बुढापाकाहरु बताउछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्