जबरजस्ती करणीको झुठा जाहेरी दिँदा …

काठमाडौँ – त्यस दिन दिउँसो ४ बजेतिर प्रहरी कार्यालयमा फोन आयो । प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि जबरजस्ती भयो ।’ प्रहरी तत्काल उनको घर पुग्यो । महिलाले आफूलाई जबरजस्तीको प्रयास गरेको आरोप लगाएका पुरुषलाई पक्राउ ग¥यो । प्रहरीमा ती महिलाको जाहेरी पनि प¥यो । प्रहरीको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा हाल्यो । ती आरोपित पुरुषलाई अदालतले अनुसन्धानका लागि कारागार पनि पठायो ।

०७६ साल असार २४ गते त्यसरी पक्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे । यो साता भने ती महिलालाई पक्रेर प्रहरीले जेल पठाएको छ । भएको के थियो भने अदालतले ती महिलाले पुरुषविरुद्ध झुठा जाहेरी दिएको ठह¥याएको थियो । उनको जाहेरीको आधारमा जेल परेका ४९ वर्षे पुरुष अदालतको २०७६ साल कात्तिक ४ गतेको निर्णयपछि छुटेका थिए । महिला आफ्नै घरतिर थिइन् । गत महिना, असार २८ गते भने प्रहरीले उनलाई पक्रेको हो ।

कास्की अदालतका न्यायाधीश काजीबहादुर राईको इजालासले ती महिलालाई एक महिना कारागार सजायको फैसला सुनाएको थियो । फैसलापछि महिला फरार सूचीमा थिइन् । प्रहरीले फरार सूचीका प्रतिवादी खोज्ने क्रममा पक्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजायका लागि जेल पठाएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवा हमाल बताउँछन् ।

सर्वाेच्च अदालतबाट जारी विशेष प्रकृतिका मुद्दाहरूको कारबाही गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेरवाला महिलाको वास्तविक नाम अदालतको फैसलामा उल्लेख छैन । परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ ।

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको चरित्र हत्या, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कैद सजाय ठहर भएको थियो । २०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौजदारी संहिताले गम्भीर प्रकृतिका कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्