टोकियो ओलम्पिक : महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको सानदार सुरुवात

काठमाण्डौ – टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् ।

गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो ।

नेदरल्याण्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् भने लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले एक एक गोल गरे । यस्तै गएरातिकै खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गर्दा बेलायतले चिलीलाई २–० गोल अन्तरले हराएको छ ।

यस्तै, अस्ट्रेलियासँग न्यूजिल्याण्ड २ –१ गोल अन्तरले पराजित भएको छ भने जापान र क्यानडाले १–१ गोल गर्दै बराबरी खेलेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्