८१ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ – मकवानपुरको मनहरीबाट ८१ किलो लागु औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीबाट प्रहरीले सो सिरमाणको गाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको ढालामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगी रहेको उनले बताए । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बुधबार विहान २ः४५ बजेको समयमा उक्त ट्रकबाट सो परिमाणमा लागु औषध गाँजा फेला परेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्