कैलालीमा स्थानीय र प्रहरीबीच झडप, १३ जना प्रहरी घाइते

कैलाली – धनगढीमा स्थानीयबासीको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान पनि पूर्ण रुपमा क्षति भएको छ । प्रहरीमाथि ढुंगा प्रहार गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ भने अरूको खोजी भइरहेको छ ।

पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो । जमेको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरेका थिए।

सोही कारण मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरेका थिए । कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको थियो । ३ नम्बर वडा डुवानमा परेपछि पानी निकास गर्न वडा नम्बर २ का स्थानीयले बन्द गरेको कलभर्ट खोल्नुपर्ने माग अन्य स्थानीयको थियो । प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेपछि २ नम्बरका स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलेले बताए ।

उनकाअनुसार धनगढीमा वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्रमा डुवान पर्ने भन्दै पानीको निकास मोहना नदीमा गर्न माग राख्दै आएका छन् । त्यो काम भएको छैन । झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा निकायबाट प्रहरीले ५७ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्