दार्चुलामा यर्सागुम्बासहित १ भारतीय नागरिक पक्राउ

काठमाडौँ – दार्चुलामा यार्सागुम्बासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पिथौरागढ जिल्ला धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उनी नेपाल भारत जोड्ने झोलुंगे पूलबाट ९० ग्राम यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार नियमति चेक जाँचको क्रममा बिष्टलाई यार्सागुम्बा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यार्सागुम्बासहित पक्राउ परेका विष्टलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको छ । डिभिजन वन कार्यालय दार्चुलाले विष्ट माथि अनुसन्धान सुरु भएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्