नेकपा एमालेले बोलायो स्थायी कमिटीको बैठक, माधव पक्षलाई पनि खबर पठाइयो

काठमाडौँ – नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ ।

’२०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो, ’ उनले भने । शनिबार विहान बसेको नेकपा एमालेका दोस्रो तहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो । बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको नेता सुवास नेम्वाङको भनाइ छ ।

शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने सहभागी थिएनन् । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक राखेपछि नेपाल पक्ष थप चिढिएको छ । नेपाल पक्षले भोलिको बैठकमा नजाने बताएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी निर्माण भएर बोलाइएको बैठकमा मात्र सहभागी हुने नेपाल पक्षको अडान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्