निरन्तर खोप आपूर्ति भइरहेको छ, खोप केन्द्रमा भीडभाड नगरौंः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आपूर्ति नियमित भइरहेकाले खोप केन्द्रमा अनावश्यक भीड नगर्न अपिल गरेको छ ।

खोप अभाव हुने भन्दै खोप केन्द्रहरुमा अनावश्यक भीडभाड बढेपछि मन्त्रालयले नआत्तिन आग्रह गरेको हो । ‘चरणबद्ध तरिकाले लक्षिण वर्गहरुलाई उमेर समूह अनुसार खोप लगाउँदै सबै नागरिकलाई खोप लगाइने भएकाले आफ्नो पालोअनुसार वर्ग खुल्ने परिचय पत्र सहित खोप लगाउन सहजीकरढा गरिदिनुहुन र अरुको खोप लगाउने पालोमा भीडभाय नगरी खोप अभियानमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साउन ६ गतेदेखि सरकारले खरिद गरेका खोपहरु चीनबाट निरन्तर नेपाल आउने भएको बताउँदै मन्त्रालयले साउन २५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यससपछि निरन्तर खोपहरु आउनेमा विश्वस्त तुल्याएको छ ।

सरकारले १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप लगाउने तयारी गरिरहेको बताउँदै सरकारले अर्को चरणको खोप तयारीका लागि केही जिल्लामा खोप अभियान रोकिएको जानकारीसमेत दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्