नेपालको राजनीतिमा अब राप्रपा नै वैकल्पिक शक्ति हो : कमल थापा

File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अब राप्रपा पार्टी नै कांग्रेस र नेकपाको विकल्प भएको बताएका छन् ।

बिहीबार पार्टीको ‘बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण’ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई अगाडि बढाउने बताएका हुन् ।

उनले राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको र संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै थापाले पार्टीलाई उठाउने सङ्कल्प कार्यान्वयन गर्ने क्रममा केन्द्र्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिँदै थापाले भने, महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो।’

सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका तेह्र जिल्लाका तीन सय पाँच प्रतिनिधिको सहभागीता थियो । केन्द्रिय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला–नगर–क्षेत्र र गाउँ पालिका प्रमुख र जनवर्गीय संगठनका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापाले समेत बोलेका थिए भने जिल्ला अध्यक्षहरुले धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्