पूर्व सचिव ई. उपाध्यायले संकलन गरेको ५० लाख पुन नेतृत्वको आविष्कार केन्द्रलाई हस्तान्तरण

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रको लागि ५० लाख रुपैयाँ संकलन गरी पुनलाई हस्तान्तरण गर्नुभएको छ ।

उपाध्यायको अनुरोधमा देश विदेशमा रहेका नेपालीहरुले ५० लाख भन्दा बढी सहयोग पठाएको उपाध्यायले बताउनुभयो । हालसम्म संकलित ५० लाख २९ हजार रकम उपाध्यायले महाविर पुनलाई हस्तान्तरण गर्नुभएको हो । नेपालको तुलनामा अत्यधिक फेसबुक अनुयायी भएका उपाध्याय यस्ता थुप्रै सामाजिक कार्यमा सक्रिय भएर लाग्नुभएको छ । उहाँले दीन, दुखी, गरीब, असाहय, बीरामीहरुका लागि विभिन्न समयमा सहयोग रकम गर्दै आउनुभएको छ । यसैगरी आफ्नो जन्मोत्सवको अवसर पारी एक महिना बराबरको पेन्सन पुन नेतृत्वको आविष्कार केन्द्रलाई दिदैँ आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्