आजदेखि अवैध मोबाइल प्रयोग बन्द, नेपाल दूरसञ्चार प्राधिकरणले गर्यो विशेष सफ्टवेयर लागू

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध मोबाइल प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सफ्टवेयर लागू गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको र यो प्रणालीले नेपाल भित्रिएका अवैध मोबाइल बन्द गर्ने र वैध मोबाइल मात्रै सञ्चालन हुने प्राधिकरणले जनाएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट आईएमईआई नम्बर दर्ता गर्न सकिन्छ ।

वेबसाइटबाट आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता छ कि छैन भनेर पनि हेर्न सकिन्छ । तर दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएसमा सूचीकरण गर्ने काम भैरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्ने उदेश्यले यो प्रणाली लागू गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्