काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइयो

काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ ।

बिहीबार काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन् । त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् । तर सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरूको पालना गर्नुपर्ने आदेशमा भनिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्