थप १७ सय ८२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप एक हजार ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार २५६ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ४६३ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५७५ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५० प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्