युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै, ७३ प्रतिशतले शेयर नपाउने

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) आज बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आईपीओ आजै बेलुकी बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको आईपीओ प्रिअलटमेन्ट सकेर नेपाल धितोपत्र बोर्ड पठाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटल स्रोतको अनुसार बोर्डबाट स्वीकृति पछि आजै ४ः३०÷५ बजे भित्र बाँडफाँट गर्ने तयारी गरेको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन दोहोरो आवेदन तथा विभिन्न करणले रद्ध भएका छन् भने योग्य २१ लाख १२ हजार ७९९ आवेदन परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्